राजकुमार भुजेल ,दोलखा । भिमेश्वर नगरपालिका वडा नं ४ मा तीन दिने दलित महिलाहरुको नेतृत्व सम्बन्धि क्षमता तथा सिप विकास सम्बन्धि तालिम सुरु भएको छ। भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरको प्रमुख आतिथ्यतामा आइतबार देखि तालिम सुरु भएको हो ।
तामिलको उद्घाटन भिमेश्वर नगरपालिका नगर प्रमुख मानन्धरको गरेका थिए। दलित महिलाहरुको नेतृत्व सम्बन्धि क्षमता तथा सिप विकास गर्ने उदेश्यले आर्थिक वर्ष ०८०/८१ को वडा स्तरीय वजेटबाट छुटाएको १ लाख रुपैयाँबाट तालिम सञ्चालन गरिएको वडा अध्यक्ष तारानाथ चौलागाईंले जानकारी दिए।तालिमको सहजीकरण स्थानीय सरकार सवलीकरण कार्यक्रमका संयोजक उद्धवप्रसाद अधिकारी र भोलाप्रसाद खतिवडाले गरेका छन् ।
वडा कार्यालयको भवनमा संचालित तालिममा ४५ जना महिलाहरुको सहभागिता रहेको छ । तालिम १७ गते सम्म सञ्चालन हुनेछ ।