दोलखा । गौरीशंकर गाउँपालिका-९ स्थित सिमीगाउँमा वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । माघे संक्रान्ती पर्वको अवसरमा सिमीगाउँ युवा खेलकुद समितिले गाउँकै खेलकुद मैदानमा प्रतियोगिता सञ्चालन गरेको हो ।
आइतबार देखी सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । जसमा ७ वटा वडा स्तरीय टिम र एक वडाकै कर्मचारी टिम छन् ।
प्रतियोगितामा प्रथमलाई नगद २५ हजार, द्वितीयलाई १८ हजार र तृतीयलाई १२ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।
प्रतियोगिताको उद्घाटन गर्दै गौरीशंकर गाउँपालिका-९ का अध्यक्ष निमगेलि शेर्पाले गाउँको खेल विकासमा आफु प्रतिबद्ध रहेको बताए । उनले युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्दै खेल क्षेत्रको विकास गर्न आफुले आवश्यक जुनसुकै सहयोग गर्ने बताए ।
प्रतियोगिता २ दिनसम्म चल्नेछ ।