दोलखा । विगु गाउँपालिका वडा नम्वर २ का एक सय पचहत्तर नागरिकलाई फाइबर सिरक वितरण गरिएको छ । पछिल्लो दिनमा चिसो बढ्दै गएपछि वडाले जेष्ठ नागरिक, एकल महिला,दीर्घ रोगी ,अपाङ्गता भएका व्यक्ति तथा विपन्न नागरिकहरुलाई चिसोबाट बच्न न्यानो फाइवर सिरक वितरण गरेको हो ।
सोमबार ओराङ स्थित कार्यालयमा सिरक वितरण गर्दै वडा अध्यक्ष दिपक ठकुरीले ओराङ गाँउपालिका भित्रकै चिसो वडा भएकोले एकल महिला, विपन्न, जेष्ठ, तथा अपाङ्गता भएका नागरिकहरुलाई जाडोमा न्यानोका लागि सिरक वितरण गरिएको बताए ।
सिरक वितरण कार्यक्रममा पुर्व गाविस अध्यक्ष , पुर्व वडा अध्यक्ष , वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।