दोलखा । जिरी नगरपालिका – १ मा पर्ने गुस्बुक खोलामा पक्की पुल बन्ने भएको छ ।
जिरी नगरपालिका १ मा रहेको प्रमुख पर्यटकीय क्षेत्र स्टोन पार्क हुदै पुम्पा ढुङ्गे सडकखण्ड अन्तर्गत पर्ने गुस्बुक खोलामा निर्माण हुन लागेको पक्की पुलको निवर्तमान बागमति प्रदेश सांसद आङ् देन्डी लामा शेर्पाले बिहिबार शिलान्यास गरेका छन् ।
शिलान्यासको क्रममा सांसद शेर्पाले उक्त पक्की पुल निर्माणका लागि आफुले धेरै पहल गरेको र आज सपना पुरा हुँदा निकै खुशी मिलेको बताए ।
पुल निर्माणका लागि चाहिने जग्गा नेपाली कांग्रेसका जिरी नगर सभापति सोनाम शेर्पाले दिएका हुन् । भौतिक पुर्वाधार कार्यालयले सिन्धुपाल्चोकबाट कूल ४ करोड ७१ लाखको लागतमा २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ रहेको पक्की पुल निर्माणका लागि ठेक्का दिइसकेको छ ।
जिरी नगरपालिका-१ का अध्यक्ष आङपासाङ शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा जिरी नगरपालिकाका मेयर मित्र जिरेल , उपमेयर कृष्ण माया बुढाथोकी, दोलखा जिल्ला समन्वय समितीका उप – प्रमुख दोर्जी शेर्पा , नेकपा माओवादी केन्द्रका नेता गेल्बो शेर्पा ,नेकपा एमाले जिरी नगर कमिटी अध्यक्ष केशव कुमार कार्की , राजनिति दलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम संचालन निवर्तमान वाइसीएल नेपाल दोलखाका अध्यक्ष साङ्गे शेर्पाले गरेका थिए ।