दोलखा। दोलखाको धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक लगाएत उच्च हिमाली भेगमा हिमपात सुरु भएको छ। बिहिबार बिहान देखि मौसममा आएको परिवर्तन सँगै हिमपात तथा वर्षा सुरु भएको हो ।
जिल्लाको सदरमुकाम चरिकोट लगाएतका स्थानहरूमा बिहानै देखि चिसोले जनजिवन प्रभावित बनेको थियो। बिहानैदेखि चिसो बढेसँगै साझँबाट कालिन्चोकमा यो बर्षको तेर्सो पटक हिमपात सुरु भएको त्रिपुरा रिसोर्ट कुरीका सञ्चालक चन्द्र लामाले बताए । हिमपात सुरु भएसँगै कालिन्चोकमा शुक्रबार र शनिबार आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्न सक्ने अनुमान गरिएको छ।
हिमपात नपरेपनि कालिन्चोकमा पर्यटकको चहलपहल हुने गरेकोमा हिमपात भएपछि झनै आन्तिरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्ने गर्दछन् । गत माघ २ गते यहाँ यो बर्षको पहिलो पटक हिमपात भएको थियो। हिमपात परेपछि त्यो साताको शुक्रबार र शनिबार मात्र करिब १५ हजार आन्तरिक तथा बाह्य पर्यटकहरु कालिन्चोक मन्दिर दर्शन गर्न र हिउँ खेल्न पुगेको होटल सञ्चालक लामाले बताए।
त्यस्तै उच्च भेगमा हिमपात सुरु भएपछि अहिले सदरमुकाम चरिकोट आसपासका क्षेत्रमा हल्का बर्षा सुरु भएको छ। हिमपात सुरु भएपछि आलु किसान खुसि भएका छन्।