दोलखा। तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’ को अवसरमा दोलखाको शैलुङ गाँउपालिकाले २ दिन सार्वजनिक बिदा दिने भएको छ। बुधबार गाउँपालिकाले बसेको बैठकले आगामी माघ २६ र २८ गते ल्होसारको अवसरमा गाउँपालिका अन्तर्गत सम्पूर्ण कार्यालय र शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको हो ।
त्यस्तै स्थानीय पर्व बिदा बाट कट्टा हुने गरी सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठले हस्ताक्षर गरेको सुचनामा उल्लेख गरिएको छ ।