दोलखा। दोलखाको बैतेश्वर गाउँपालिकाले “सोनाम ल्होछार” को अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ। बिहिबार बसेको गाउँपालिकाको बैठकले शुक्रबार र आइतबार (२६ र २८ गते) सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
उक्त दिन गाउँपालिका भित्र रहेको सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तीय संस्थाहरु बन्द रहने पालिकाका अध्यक्ष छवि लामा द्धारा हस्ताक्षरित सुचनामा उल्लेख छ ।