दोलखा। २९ औं जनयुद्ध दिवसको अवसरमा नेकपा माओवादीले दोलखामा विभिन्न कार्यक्रमहरू गरि मनाउँदैछ । मंगलबार विहान नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दोलखाले पार्टी कार्यालयमा शुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम गरेको थियो ।
नेकपा माओवादी केन्द्र दोलखाका नेता पर्शुराम रिमालको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले शुभकामना तथा मनतव्य व्यक्त गरेका थिए । सो अवसरमा नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठ र राष्टिय सभा सदस्य घनस्याम रिजाललाई बधाई तथा सम्मान गरिएको थियो ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) गौरीशंकर गाउँपालिका,कालिन्चोक गाउँपालिका र विगु गाउँपालिकाको संयुक्त आयोजनामा चियापान तथा शहिदहरुलाई माल्यार्पण गरेर कार्यक्रम सम्पन्न गरिएको छ ।