दोलखा। दोलखाको शैलुङ गाउँपालिकाको एक ब्यवसायिक बाख्रा फार्ममा आगलागी हुदाँ ४९ वटा बाख्रा जेलर मरेका छन्।
मङ्गलबार बेलुका खोले पकाउने क्रममा फार्ममा आगो लागेर वडा नं १ का सुन्तली तामाङले सञ्चालन गरेको लालीगुराँस बाख्रा फार्ममा आगलागी हुदाँ बाख्रा जलेर मरेको वडा अध्यक्ष विर बहादुर घतानीले बताए ।
उनका अनुसार फार्ममा लागेको आगलागीबाट केहि बाख्रा घाइते भएका छन् भने करिब ६ लाख बराबरको क्षती भएको छ।