काठमाडौं। नेपाल सरकारका पूर्व सचिव भीमप्रसाद उपाध्याय भ्रष्टाचार मुद्दामा मुछिएका छन्। सामाजिक सञ्जालमा चर्चित रहेका पूर्व उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो।
मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा उनीसहित नेपाल सरकारका तीन पूर्वसचिव र अन्य १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको जानकारी दिएको छ।
जसमा पूर्वसचिवहरू सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र गजेन्द्र ठाकुर रहेका छन्। ती तीन प्रतिवादी खानेपानी मन्त्रालयका पूर्वसचिव हुन्।
यसैगरी मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशकहरू घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेलसहित १५ नेपाली र परामर्शदातासहित तीन विदेशीलाई पनि प्रतिवादी बनाइएको छ।