दोलखा। दोलखामा लामो समयपछि हिउँदे वर्षा र उच्च भेगमा हिमपात सँगै वर्षा सुरु भएको छ। वर्षा सँगै हिमपात हुँदा किसान खुसि भएका छन्। आलु खेतीका लागि उचित रुपमा मानिने शैलुङ, खरिढुङ्गा लगाएतका स्थानहरूमा हिमपात तथा वर्षा सुरु भएपछि यहाँका किसानहरू खुसि भएका हुन्।
बिहिबार मध्यान्ह पछि जिल्लाको सदरमुकाम चरिकोट लगाएतका स्थानहरूमा हिमपात सहित छिटफुट बर्षा सुरु भएको थियो। तर मौसममा आएको प्रतिकुल परिवर्तन सँगै साझँ देखि उच्च हिमाली क्षेत्र तथा पर्यटकीय स्थल शैलुङ, कालिन्चोक, खरिढुङ्गा,चोर्दुङ लगाएका ठाउँमा हिमपात सहित हिउँदे वर्षा सुरु भएपछि अहिले किसानलाई राहात मिलेको शैलुङ ६ का सबिना तमाङ ले बताइन्। अहिले शैलुङ क्षेत्रको तल्लो भागसम्म हिमपात भइरहेको छ भने कालिन्चोक तथा खरीढुङ्गा क्षेत्रमा पनि वर्षा सहित हिमपात भएको त्यहाँ स्थानियहरुले जानाकारी दिएका छन्। जिल्लामा समयमै हिउँदे वर्षा नहुँदा किसान चिन्तित बनेका थिए।
कालिन्चोक र शैलुङमा पर्यटक बढ्न सक्ने
त्यस्तै धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक शैलुङ डाँडा हिमपात भइरहेको छ। हिमपात हुँदा यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल बढ्न सक्ने अनुमान गरिएको छ। सधैजसो भरिभराउ रहने कालिन्चोकमा हिमपात भएपछि झनै आन्तिरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने अपेक्षा गरिएको छ। हिमपात सुरु भएसँगै चिसोले जनजिवन प्रभावित बनेको छ।