दोलखा । राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको अध्यक्षमा प्रलाद आर्चाय सर्वसम्मत चयन भएका छन्। शुक्रबार सदरमुकाम चरिकोटमा भएको राष्ट्रिय फोटो पत्रकार समूह दोलखाको प्रथम भेलाले आर्चायको नेत्तृत्वमा ७ सदस्यिय फोटो पत्रकार नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा उपाध्यक्षमा तारादेवी बस्नेत, सचिवमा गोविन्द थामी, सह-सचिवमा सुजन थामी र कोषाध्यक्षमा प्रकाश बस्नेत चयन भएका छन्। त्यस्तै सदस्यहरुमा हिरालाल विश्वकर्मा र अनिता लामा चयन भएका छन्।
चरिकोट मिडिया फाउण्डेशनका अध्यक्ष जिवन लामाको अध्यक्षता र प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्केको प्रमुख आतिथ्यतामा भएको प्रथम जिल्ला भेलामा पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगर, नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दीपशंकर चौलागाई , राष्ट्रिय फोटो पत्रकार समूहका कोषाध्यक्ष सागर श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठ, राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेश समितिका सचिव कुमार श्रेष्ठ,प्रेस सेन्टर दोलखाका अध्यक्ष अविरल बस्नेत,प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल लगाएतको उपस्थिती रहेको थियो।