दोलखा । जिरी उद्योग वाणिज्य संघको आयोजनामा चैत २३ गतेदेखि १० दिने दोस्रो जिरी महोत्सव हुने भएको छ । जिरी उद्योग वाणिज्य संघको आयोजनामा आगामि चैत २३ गतेदेखि वैशाख २ गतेसम्म जिरीमा १० दिने दोस्रो महोत्सव हुन लागेको हो ।
सोमबार जिरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले महोत्सवको मिति तय भएको जनाएको छ । जिरीको व्यापार , व्यवसाय , पर्यटन सुस्ताउँदै गएकाले जिरीलाई चलायमान बनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको संघका अध्यक्ष बाबुराजा श्रेष्ठले “हेर्दाहेर्दै डटकम”लाई बताए ।
महोत्सवमा स्थानीय उत्पादन तथा परिकारको बिक्री, वितरण तथा प्रवद्र्धन गरिने उनले बताए । दोलखाका सबै स्थानीय तहहरु, सरकारी निकाय, नीजि क्षेत्र, कृषक, विभिन्न समूहहरु, संघसंस्था, उद्योगी व्यवसायीका उत्पादन तथा राष्टि्य तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने संघका अध्यक्ष श्रेष्ठले बताए।