काठमाडौं। नेपालले जोर्डनविरुद्ध पहिलो गोल गरेको छ । सविता रानामगरले २९औँ मिनेटमा गोल गरेर नेपालले १–० ले अग्रता बनाएको हो।
वाफ च्याम्पियनसिपमा नेपालको यो पहिलो सहभागिता हो ।नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रेको छ । यस्तै जोर्डन पनि वाफ च्याम्पियनसिपको उपाधिमाथि दोहरो ह्याट्रिक गर्ने उद्देश्यका साथ खेल्दैछ ।
नेपाली टोलीमा गोलकिपरमा कप्तान एन्जिला तुम्बापो सुब्बासँगै उषा नाथ र अञ्जना राना मगर छन् ।डिफेन्डरमा गीता राना, हिराकुमारी भुजेल, बिमला विक, अमृता जैशी, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना र सबिना चौधरी छन् ।
यस्तै मिडफिल्डरमा अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी र सरस्वती हमाल तथा फरवार्डमा चन्द्रा भण्डारी, रेखा पौडेल, रश्मिकुमारी घिसिङ र सबिता राना मगर छन् ।