दोलखा। दोलखाको कालिन्चोक गाउँपालिकाले प्रथम पशुपति चौलागाईं स्मृति कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि हात पारेको छ । बिहिबार देखि जिल्लाको बैतेश्वर गाउँपालिका स्थित देउराली खेलमैदान मैनापोखरीमा भएको खेलमा शनिबार तामाकोसी गाउँपालिकालाई उछिन्दै उपाधि हात पारेको हो।
प्रतियोगितामा जिरी नगरपालिकालाई पछि पार्दै तामाकोशी गाउँपालिकाले उपबिजेतामा चित्त बुझायो भने गौरीशंकर गौरीशंकर गाउँपालिकालाई जिरी नगरपालिकाले पछि पार्दै जिरी पनि तृतीय स्थानमा आएर चित्त बुझायो।
प्रतियोगितामा बिजेता, उपबिजेता र तृतिय हुने टिमले क्रमशः १ लाख ५० हजार,१ लाख र ५० हजार नगद,शिल्ड, मेडल सहित प्रमाणपत्र प्राप्त गरेका थिए।
स्वर्गीय नेता पशुपति चौलागाईको सम्झनामा पशुपति चौलागाईं फाउन्डेसन दोलखाले आयोजना गरेको अन्तरपालिका खुल्ला पुरुष भलिबल प्रतियोगितामा जिल्लाका १० वटा टिमको सहभागिता रहेको आयोजक टिमले जनाएको छ। बिहीबार एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले उद्घाटन गरेको उक्त प्रतियोगिताको समापन बागमती प्रदेशका पूर्व मन्त्री विशाल खड्काले गरेका थिए।