दोलखा। दोलखाको गौरीशंकर गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। सुरीको तिनेखुबाट सिंगटीतर्फ आउँदै गरेको ट्याक्टर स्थानीय ठुलो चौतारा भन्ने स्थानमा दुर्घटना हुँदा वडा नं ५ तिनेखुका ४३ वर्षीय अमृत तामाङ र २३ वर्षीय वुद्धिबिर तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
त्यस्तै दुर्घटनामा परी १९ वर्षीय पेम्वा तामाङ गम्भीर घाईते भएका छन् । दुर्घटनामा परि गम्भीर घाइते भएका तामाङको अहिले सिंगटी स्थित सामुदायिक अस्पताल सिंगटीमा उपचार भईरहेको छ । ट्याक्टर सडकबाट १ सय ८० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।