दोलखा। नेकपा (माओवादी केन्द्र) दोलखामा नयाँ नेतृत्व चयन भएको छ। जिल्लाको सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा बुधबार बसेको पार्टीको बिस्तारित बैठकले नयाँ नेतृत्व चयन गरेको हो ।
बैठकले संयोजकमा कमल श्रेष्ठ ‘ज्योति’ र सचिवमा सन्तोष केसी ‘चे’ लाई जिम्मेवारी सुम्पिएको छ। यसअघि पार्टीको संयोजकको जिम्मेवारी कुलबहादुर बुढाथोकी ‘रोशन’ ले सम्हालेका थिए।
त्यस्तै श्रेष्ठ र केसी पार्टीको बागमती प्रदेश समिति सदस्य समेत हुन् ।