राजकुमार भुजेल,दोलखा।स्वर्गीय गिरीजा प्रसाद कोइरालाको १४ औँ स्मृति दिवसको अवसरमा संचालित निः शुल्क कक्षा १२ को तयारी कोचिङ कक्षा सम्पन्न भएको छ।जिल्लाको सदरमुकाम चरिकोटमा गत चैत ५ गते देखि कालिन्चोक माध्यमिक विद्यालयमा जि.पी कोईराला फाउण्डेशन दोलखाको आयोजनामा सञ्चालन भएको उक्त कोचिङ कक्षा आइतबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो।
कांग्रेस केन्द्रिय सदस्य गोबिन्द भट्टराईको प्रमुख आतिथ्यता तथा फाउन्डेसन दोलखाका अध्यक्ष राकेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। त्यस्तै “दोलखा जिल्लाको पत्रकारिता जगतको नायक”पत्रकारिता पुरस्कारबाट दोलखाका सक्रिय पत्रकार तथा नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष दिपशंङकर चौलागाईंलाई फाउण्डेशनले सम्मान गरेको थियो भने कोचिङ कक्षा सञ्चालन अवधिभर सहजिकरण गर्नेलाई विभिन्न विधामा सम्मानपत्र समेत प्रदान गरेको थियो।
त्यस्तै कांग्रेस केन्द्रिय सदस्य भट्टराईको प्रमुख आतिथ्यता फाउण्डेशनका अध्यक्ष श्रेष्ठले अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस दोलखा पार्टी सभापति बर्मा लामा, भिमेश्वर नगरपालिका नगर प्रमुख ईश्वर नारायण मानन्धर,कांग्रेस नेतृ गिता सिवाकोटी, नेता सुदर्शन कार्की, चन्द गणेश काफ्ले, भिम खड्का, नेपाल प्रेस युनियन बागमती प्रदेशका सचिव राजन बस्नेत लगायतको उपस्थिती रहेको थियो।