राजकुमार भुजेल,दोलखा । पुर्व सभामुख एवम् नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले अहिलेको सत्ता समिकरण अर्को निर्वाचन सम्म टिक्ने बताएका छन् । बुधबार चरिकोटमा प्रेस सेन्टर दोलखा शाखाले आयोजना गरेको पत्रकार भेटघाट तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता सापकोटाले अहिलेको समिकरण निर्वाचनसम्म टिक्ने दाबी गरेका हुन् ।
सापकोटाले अहिलेको सत्ता समीकरण वामपन्थी र गैरवापन्थी दलहरुको भएको जिकिर गरे । पछिल्ला समयका विभिन्न सामाजिक सञ्जालमा अहिलेको सत्ता समिकरण टुट्ने, भुट्ने, भत्कने जस्ता भ्रामक प्रचारको पछि नलाग्न आग्रह गरे।सापकोटाले देशको परिवर्तित राजनीतिक अवस्थाले विगतको बृहत्तर कम्युनिष्ट एकताको प्रयासलाई पूरा गर्ने आधार बनेको प्रष्ट पारे।
‘अहिले मित्र राष्ट्रसँग समधुर सम्बन्ध राख्ने, राष्ट्रिय अडानका रुपमा प्रस्तुत गर्नुपर्ने आजको आवश्यकता रहेको छ,’ उनले भने ‘देश आधुनिक कृषि क्रान्तितर्फ लैजान पर्ने देखिएको छ ।’