दोलखा । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी) केन्द्र दोलखाको पुर्ण बैठक सम्पन्न भएको छ। बुधबार सदरमुकाम चरिकोट स्थित पार्टी कार्यालयमा पार्टी प्रवक्ता अग्नि सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
मंगलबार बसेको बैठकले जवस मोर्चाहरुको फ्याक्सन इन्चार्ज र ७४ वटै वडाको वडा भेला तथा सम्मेलन सम्पन्न गर्न कमाण्डर तोकिएको माओवादी दोलखाका प्रवक्ता पुष्कर अधिकारीले जानकारी दिए। उनका अनुसार दुइ महिना पार्टी संगठन सुदृढिकरणको अभियान लिएर गाउँ जाने भएको छ। त्यस्तै पार्टी सदस्यता नवीकरण लगायतमा पनि निर्णय भएको छ ।
नेकपा माओवादी केन्द्र दोलखाका संयोजक कमल श्रेष्ठ (ज्योति)को अध्यक्षतामा सम्पन्न बैठकमा पुर्व सभामुख एवं पार्टीका केन्द्रिय उपाध्यक्ष सापकोटा, पार्टी स्थायी कमिटी सदस्य शशी श्रेष्ठ, पोलिटब्युरो सदस्य एवम् प्रतिनिधि सभा सदस्य गंगा कार्की (विश्व),पार्टीका केन्द्रिय सदस्य शंकर लामा, बागमती प्रदेश कमिटी अध्यक्ष सरल सहयात्री, नेकपा माओवादी केन्द्र दोलखाका इन्चार्ज विशाल खड्का, बागमती प्रदेश कमिटी सचिवालय सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य लगायतको उपस्थिती रहेको थियो।