काठमाडौं। सरकारले राष्ट्रिय गौरवका सिक्टा, बबई, रानी जमरा कुलरिया, महाकाली तेस्रो, भेरी बबई डाइभर्सन र सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्यलाई तीव्रता दिने भएको छ।
मङ्गलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्टि्य गौरवका आयोजनाहरुलाई प्राथमिकता राखेर तीव्रता दिने घोषण गरेको हो । सर्लाही र रौतहट जिल्लामा भूमिगत जलस्रोतमा आधारित नवीन यान्त्रिक सिँचाइ आयोजना र कैलाली जिल्लामा भूमिगत जल सिँचाइ आयोजना सुरु गरिने रास्ट्रपति रामचन्द्र पौडेलले बताए ।
कर्णाली प्रदेशमा “एकीकृत कर्णाली सिँचाइ विशेष कार्यक्रम “कार्यान्वयन समेत गरिने भएको छ।
#राष्ट्रिय गौरवका आयोजनाहरु