दोलखा । विगु गाउँपालिकाले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, दीर्घरोगीलाई औषधी वितरण तथा अपाङ्गता भएका ब्यक्तिलाई परिचय पत्र वितरण गरेको छ ।
गाउँपािलकाले गत वैशाख २६ गतेदेखि वैशाख २९ सम्म कार्यक्रम संंचालन गरेको हो । कार्यक्रममा खोपांचागु स्वास्थ्य चौकीबाट १७४ जना, विगु स्वास्थ्य चौकीबाट १०९ जना, आलम्पु स्वास्थ्य चौकीबाट २८८ जना, चिलंन्खा स्वास्थ्य चौकीबाट १७४ जनाले सेवा लिएका थिए ।
कार्यक्रममा जेष्ठ नागारिकको स्वास्थ्य परिक्षण , दीर्घरोगीको स्वास्थ्य परिक्षण तथा औषधी वितरण, ल्याब सेवा, जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई परिचय पत्र वितरण गरिएको थियो ।
त्यस्तै शुक्रबार गरिएको उक्त कार्यक्रम अन्तर्गत लामाबगर स्वास्थ्य चौकीबाट ११५ जनाले सेवा लिएका थिए । यो कार्यक्रम क्रमशः शनिबार ओराङ स्वास्थ्य चौकी, आइतबार बुलुङ स्वास्थ्य चौकी र सोमबार लादुकको गुम्बा डाँडामा सञ्चालन गरिने विगु गाउँपालिका स्वास्थ्य प्रमुख रत्न बहादुर थामीले बताए ।