दोलखा। दोलखाको भिमेश्वर नगरपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत गर्ने बालबालिकाको मुटु परीक्षण गरिएको छ। बुधबार अन्नपूर्ण अस्पताल र चीनकाे फुवाई युनान कार्डियाेभास्कुलर हस्पिटल, चीनकाे अायाेजनामा कालिन्चाेेक माध्यमिक विद्यालय चरिकाेटमा मुटु परीक्षण शिविर सम्पन्न भएको हो।
शिविरमा भीमेश्वर नगरपालिका – ३ र ६ का कक्षा ८ सम्म अध्ययन गर्ने २ हजार ९ सय ८३ जनाकाे मुटुकाे परीक्षण गरिएकाे छ । तीमध्ये १२४ जनामा मुटुकाे समस्या देखिएकाे छ । तीमध्ये पनि ६ जनाकाे गम्भीर समस्या देखिएकाे छ ।
ती ६ जनालाई चीनकाे फुवाई युनान कार्डियाेभास्कुलर हस्पिटल, लगेर निशुल्क उपचार गरिने अन्नपूर्ण न्यूराे अस्पतालका वरिष्ठ न्यूराेसर्जन वसन्त पन्तले जानकारी दिए।