दोलखा। जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले जिल्ला भित्र चल्ने सवारीसाधनलाई ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक पर्चा वितरण गरेको छ । ट्राफिक कार्यालय दोलखाका प्रमुख (ट्राफिक प्रहरी सहायक निरीक्षक) ठाकुर प्रसाद भट्टराईको नेतृत्वमा खटेका ट्राफिक प्रहरीको टोलीले लामोसाघुँ -जिरी सडक खण्डमा सञ्चालन हुने निजी तथा भाडाका सवारी साधनलाई रोकी चेकजाचँ गरी पर्चा वितरण गरेको हो ।
प्रमुख भट्टराईका अनुसार भिमेश्वर नगरपालिका – ५ कमिनि चौर स्थित विहान ८ बजे देखि १० बजे लामोसाघुँ -जिरी सडक खण्डमा सञ्चालन हुने निजि तथा सार्वजनिक यातायात (मोटरसाईकल, अटोरिक्सा,बस, टेम्पु, जिप) लगायतका सवारी साधन चलाउने चालकहरुलाई जनचेतनामूलक पर्चा बाँडिएको छ। पर्चामा सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने कुराहरु, अपनाउनुपर्ने सावधानीहरु र गर्नु/नगुर्नपर्ने करीब ३० प्रकारका सन्देशमूलक जानकारीहरु उल्लेख गरिएको थियो ।
पर्चा वितरण जनचेतनामुलक कार्यक्रमले जिल्लामा ट्राफिक उल्लघंन तथा दुर्घटनामा थप न्युनिकरण टेवा पुग्ने जिल्ला ट्राफिक कार्यालय दोलखाले अपेक्षा गरेको छ ।