काठमाडौं । देशभर चार हजार ९७ डेंगु संक्रमित भएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार ७७ जिल्ला मध्ये ७४ जिल्लामा डेंगु संक्रमण फैलिएको र देशभर ४ हजार ९७ डेंगु संक्रमित भएका हुन् ।
मुस्ताङ, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको छ । तनहुँमा सबैभन्दा बढी ७८१ जनामा डेंगु संक्रमित देखिएको छ ।