हेर्दाहेर्दै डेक्स, काठमाडौं।
भाइटीकाकै दिन देशका धेरै ठाउँमा वर्षा हुने पूर्वानुमान गरिएको छ । पश्चिमी वायुको प्रभावले यही कात्तिक १८ र १९ गते देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना देखिएको हो । यस वर्षको भाइटीका कात्तिक १८ गते आइतबार परेको छ ।
मौसमविदहरुले पश्चिमी वायुको प्रभावले आगामी आइतबार अपराह्नदेखि सोमबारसम्म लगातार वर्षा हुने सम्भावना देखिएको बताएका छ । भइटीकाको दिनभन्दा त्यसको भोलिपल्ट (सोमबार) अझ धेरै वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार कोशी प्रदेशका जिल्लामा र सोमबार मधेस, बागमती र गण्डकी प्रदेशमा समेत वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।