राजकुमार भुजेल,दोलखा।
दोलखाको भिमेश्वर नगरपालिकामा आइचर गाडि दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ। हिजो बेलुका सिन्धुपाल्चोकबाट भिमेश्वर – ९ चित्रेमा कुखुराको मल लिएर आउदै गरेको बा.५ ख ५७३ नम्बको आइचर गाडी सोही वडाको पैरे चौउरमा दुर्घटना हुदाँ सह-चालक बिजय तामाङको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार गाडी आफै अनियन्त्रीत भई सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुदाँ चालक र सह- चालक दुबै जना बेहोस भएका थिए।
उनिहरुलाई उपचारका लागि च्छो-रोल्पा अस्पताल चरिकोटमा ल्याउने क्रममा सहचालक तमाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका इन्सपेक्टर सत्रुधन महतोले बताए।
उनका अनुसार हाल तामाङको शव पोष्टमार्टमका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा पठाइएको छ। सामान्य घाइते भएका ३१ वर्षिय चालक शंकर तामाङलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।