अबिरल बस्नेत `सुरज´
दोलखा । नेकपा माओवादी केन्द्रको गौरीशंकर–६ चन्खुमा वडा सम्मेलन सम्पन्न भएको छ। आइतबार चन्खुको यार्सामा सम्पन्न सम्मेलनले लानुरी शेर्पाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ।
सम्मेलनले बिजय गुरुङको अध्यक्षतामा २१ सदस्यीय वाईसीएल नेपालको वडा कमिटी र कोपिला पाख्रीनको अध्यक्षतामा १७ सदस्यीय अनेम सङ्ग पनि गठन गरेको छ।
कार्यक्रममा प्रमुख अतिथि पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्र दोलखाका पार्टी इन्चार्ज बिशाल खड्काले संगठनलाई सुदृढ गर्दै पार्टीका सिद्धान्त र कार्यदिशालाई अगाडि बढाउन आग्रह गरे।
सम्मेलनमा गौरीशंकर गाउँपालिकाका अध्यक्ष बिश्वास कार्की, नेकपा माओवादी केन्द्र गौरीशंकर गाउँपालिकाकी कोषाध्यक्ष निम्लेकी शेर्पा, र विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।
स्थानीयस्तरमा पार्टी संगठनलाई अझ प्रभावकारी बनाउने उद्देश्यले सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन गर्दै आगामी योजना तयार पारेको छ।