हेर्दाहेर्दै डेक्स,दोलखा।
दोलखामा एक महिनाको अवधिमा ४ लाख बढी राजस्व सङ्कलन भएको छ।गत कार्तिक १ गतेदेखि मसान्तसम्म सम्मको अवधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाले ४ लाख २० हजार ५ सय रुपैया संकलन गरेको हो।
कार्यालयका प्रमुख ठाकुर प्रसाद भट्टराईका अनुसार यो राजस्व टिभिआरएस प्रणाली लागु भएदेखि यताकै उच्च हो । चेकजाँचको क्रममा ४ सय ३४ वटा सवारीसाधन कार्वाही परेका मध्ये जिप कार सबैभन्दा बढी १ सय ३४ वटा रहेका छन्। कार्यालयको तथ्यांकमा अनुसार ट्रक ७० वटा,बस ७९ वटा, ट्र्याक्टर २४, मोटरसाइकल ८३ र अटो ४४ वटा कार्वाहीमा परेका छन्। कागजपत्र साथमा नभएको, क्षमता भन्दा बढी यात्रु हालेको,मापासे, धैरै भाडा असुली गर्ने लगायतका सवारीसाधन कारबाहीमा परेका थिए।
त्यस्तै यस अवधिमा ४ वटा सवारीसाधन दुर्घटनामा परी ७ जना सामान्य घाइते र १ जना गम्भीर घाईते हुदाँ १ जनाको मृत्यु भएको छ। दोलखामा टिभिआरएस प्रणाली लागु भएसँगै बैक प्रणालीबाट राजस्व बुझाउने व्यवस्था रहेको छ।