राजकुमार भुजेल,दोलखा। दोलखाको शैलुङ गाउँपालिकामा गत महिनामा भिष्म भण्डारीको किशोरीका परिवारले घाँटी छिनाई मारेको पुष्टि भएको छ।जिल्ला प्रहरी कार्यालय दोलखाले आइतबार पत्रकार सम्मेलन गर्दै आरोपीलाई सार्वजनिक गर्दै हत्या गरेको पुष्टी भएको जानाकारी दिएको हो ।
गत पुष ९ गते उनिहरुले भिष्मलाई आफ्नो छोरी सँग प्रेम सम्बन्ध राखेको भन्दै भिष्मलाई खुकुरी प्रहार गरि बिभत्स रुपमा हत्या गरेको बताइएको छ । भिष्मलाई किशोरीका बुबा पुष्कर नेपाली गाउँको पुजामा गएर घर आउदै गर्दा आफ्नो छोरी सँग भिष्म बसेको खुल्न आएको बताइएको छ । त्यसपछि ठुलोबुवा ईश्वर दर्जीले भिष्मलाई समाउँदा भिष्म आत्तिएपछि नाबालिकाको ठुलोबुवाको छोरा बिशाल नेपाली पनि आएर भिष्मलाई पुष्कर नेपालीको घरमा तिनै जना भएर एकान्त बाटो तर्फ लगिएको थियो ।
सोही क्रममा भिष्म र किशोरीका आफन्त विच वादविवाद भएपछि ईश्वर दर्जी आफ्नो घरमा गई घर भन्दा बाहिर काठको कुखुरा राख्ने खोरबाट खुकुरी लिएर सभट्ट भन्ने स्थानमा रहेको बिर बहादुर तमाङको घर नजिकै बाटोमा खुकुरी प्रहार गरी घाईते बनाएको बताइएको छ।
यसरि सो स्थान नजिकै रहेको धारामा लगरे भिष्मको घाँटीमा ईश्वर दर्जीले खुकुरीले हानेर छिनाएपछि रगत आउञ्जल पानीले पखाली धारा वरिपरी सरसफाई गरी ईश्वर दर्जीले मृतक लाश र पुष्कर नेपालीले टाउको बोक्दै बिशाल नेपालीले मोवाईलको टर्च देखाएर बजिनी खोल्सा भन्ने स्थानमा लगेर फालेको भन्ने खुल्न आएको दोलखा प्रहरीले जनाएको छ।
त्यस्तै भिष्मको परिवारमा बुबा,दाइ र भाउजू मात्र रहेका छन्।