राजकुमार भुजेल ,दोलखा। एकीकृत समाजवादी दोलखामा नयाँ नेतृत्व चयन भएको छ। शनिबार जिल्लाको सदरमुकाम चरिकोटमामा आयोजित १० औँ जिल्ला अधिवेशनबाट भिम प्रसाद दाहालको नेतृत्वमा नयाँ जिल्ला कमिटि गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा संगिता पाख्रीन र अशोक दहाल चयन भएका छन्। त्यस्तै सचिवमा मोहन थापा र उपसचिवमा बैकुण्ठ भण्डारी,तारा प्रसाद चापागाई,प्रकाशन कुमार केसी सहित ९१ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत निर्वाचित भएका छन्।