दोलखा १९ भाद्र । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट सांसद कुन्दनराज काफ्लेले राजिनामा दिएका छन् । काफ्लेले कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई राजिनामा बुझाएका हुन् ।
काफ्लेले आज राजिनामा पछि सामाजिक संजालमा प्रमुख सचेतकको भुमिका निर्वाह गर्दा, पार्टी संगठन र दोलखाली जनसेवामा समय अभाव भएकाले , दोलखाली जनताको सेवामा थप समर्पित हुनको लागि आफुले राजीनामा दिएको स्पष्ट पारेका छन् ।
२०७९ माघ २ गते बसेको नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठकले काफ्लेलाई प्रमुख सचेतकमा नियुक्त गरेको थियो ।