२२ भाद्र , दोलखा । नेकपा एमालेको भातृ संगठनको रूपमा रहेको युवा संघ नेपाल दोलखाको नेतृत्व फेरिएको छ । संघको अध्यक्षमा सरोज बस्नेत चयन भएका छन । आज शुक्रबार भएको नवौं जिल्ला अधिवेशनले बस्नेतलाई निर्वाचित गरेको हो ।
त्यस्तै संघको उपाध्यक्षमा सुजन श्रेष्ठ , सचिवमा सुरज खड्का , सहसचिवमा मिलन खड्का र हरिवंश बुढाथोकी र , कोषाध्यक्षमा अप्सरा जिरेल चयन भएका छन ।
अधिवेशनबाट ६३ सदस्यीय कमिटी चयन गरिएको छ ।