दोलखा । जिल्लास्थित भीमेश्वर नगरपालिकाले आफ्नो व्यवसायीक भवन विना सम्झौता भाडामा लगाएर कानुनको धज्जी उडाएको छ । नगरपालिकाले व्यवसायीक प्रयोजनका लागि निर्माण गरेको भवन अदिती एन्ड अदिश स्टोर एन्ड सप्लायर्सलाई भाडामा दिने प्रक्रिया अघि बढेको भएपनि सम्झौता नहुँदै भाडामा लगाएर कानुन उल्लंघन गरेको पाइएको हो ।
महिनाको ४ लाख ३१ हजार रुपैयाँ बुझाउने गरि ठेक्का पाएको अदिती एन्ड अदिश स्टोर एन्ड सप्लायर्सले अहिलेसम्म प्रक्रिया पुरा गरेर सम्झौता गरेको छैन । यता, विना सम्झौता नै सरकारी भवन हत्याएको ठेकेदार पक्षले धमाधम तेस्रो पक्षलाई असोज १ गतेदेखि नै लागु हुनेगरि सटर भाडामा लगाइरहेको छ । नियम अनुसार ठेक्का पाएपछि उक्त फर्मले प्रस्तावपत्रमा समावेश भएका सूचना तथा प्रस्तावाहरु सहित सम्झौता गर्नुपर्ने हुन्छ । तर ठेकेदार कम्पनी र नगरपालिकाबीच हालसम्म कुनै आधिकारिक सम्झौता भएको छैन । हामीले विना सम्झौता नगरपालिकाको व्यवसायिक भवन भाडामा लगाइएको वास्तविकता बुझ्न नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दीपक प्रसाद खतिवडालाई सम्पर्क गरेर सोधपुछ गर्दा उनले आफुलाई यस विषयमा कुनै जानकारी नभएको बताएका छन् । सूचना अधिकारिलाई सोधेर खबर गर्छु भन्दै प्रमुख प्रशासकिय अधिकृत पन्छिएको घटनाले नै नगरपालिकाको ठेक्का प्रक्रियामा स्वार्थ रहेको आँकलन गरिएको छ । हामीले सुचना अधिकारी जगदिश अर्याललाई समेत यसबारेमा सोधेका छौँ, अर्यालले सम्झौता सम्बन्धि सबै कागजपत्र तयारी भैसकेको भएपनि दुइ पक्ष बीचको हस्ताक्षर हुन मात्रै बाँकी जवाफ दिएका छन् ।
नगरका जनप्रतिनिधिहरुले समेत ठेक्का अघि बढ्नु र सम्झौता नभई तेश्रो पक्षसँग धमाधम भाडा उठाउने खेल हुनुलाई सामान्य भन्दै आफ्नो कमजोरीको ढाकछोप गर्न खोजिरहेका छन् । ११ वर्षका लागि अदिती एन्ड अदिश स्टोर एन्ड सप्लायर्सले ठेक्का पाएपनि सम्झौता नभई पसल, सटर भाडामा लगाउने खेलले जनप्रतिनिधिको कार्यशैलीमाथी नै प्रश्न उब्जाइदिएको छ ।
सम्पर्क
हेर्दाहेर्दै मिडिया प्रा.लि
प्रेस काउन्सिल नेपाल सूचिकरण नम्बर : ३९५०
बागमती प्रदेश सञ्चार रजिष्ट्रारको कार्यालय
दर्ता नम्बर: ००१९७/०७९-०८०
भि न पा -५ , चरिकोट दोलखा
9861652685
herdaherdai@gmail.com
विज्ञापन तथा समाचारका लागि : 9861652685
हाम्रो टिम
अध्यक्ष : Suraj Basnet
सम्पादक : इन्द्र कुमार बस्नेत
सह – सम्पादक: शिवजी प्रधान , गोविन्द थामी
ब्यवस्थापक : अङ्कित कार्की
रिपोर्टर : यज्ञराज सुवेदी, राजकुमार भुजेल