आफैँबाट रुपान्तरण जरुरी भन्दै विशेष रुपान्तरण अभियान थालेको माओवादी केन्द्रले विगु गाउँपालिकामा जनताको मूल समस्याको पहिचान गरि समाधान गर्न जोड दिएको छ ।
शनिबार वडा नं. ८ स्थित थामी जातिको बाहुल्यता रहेको खोपाचागुमा आयोजित कार्यक्रममा जनताले भोग्दै आएका समस्याको पहिचान गर्दै समाधानको निम्ति पहल गर्न थालिएको हो ।
नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश कमिटीका सदस्य तथा विगु गाउँपालिका अध्यक्ष सन्जिव ओलिले मूलतः जनताको दैनिकीँ संग जोडिएका समस्याको पहिचान गर्नु कार्यक्रमको मूल उदेश्य रहेको बताए । समस्याको पहिचान बिनाको हाम्रो चिन्तन ब्यर्थ हुन्छ उनले भने, यो अभियानले सार्थकता पाउने गरि काम गर्छौँ ।
वडाका माओवादी केन्द्रका पार्टी इन्चार्ज भरत ध्वज खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि माओवादी केन्द्र बागमती प्रदेश कमिटी सदस्य तथा विगु गाउँपालिका अध्यक्ष सन्जिव ओली, विशेष अतिथिहरु विगु गाउँपालिका २ का अध्यक्ष दिपक ठकुरी, वडा नं ४ का अध्यक्ष रामचन्द्र खड्का तथा गाउँपालिकाका वाइसिएल अध्यक्ष विमल ओली लगायतको उपस्थिति रहेको थियो ।