दोलखा, बैतेश्वर गाउँपालिकाले दशैँ नजिकियसँगै जनताको स्वस्थ्यलाई मध्यनजर गर्दै आफ्नो क्षेत्र भित्र पर्ने स्थानीय पसल तथा बजार अनुगमनलाई तीव्रता दिएको छ।
अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष छवि लामाले नागरिकको स्वस्थ्यसँग खेलवाड गर्ने अधिकार कसैलाई नरहेको बताए । नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता भएकाले बजार अनुगमनलाई अन्य समयमा पनि निरन्तरता दिइने उनले प्रतिबद्धता जनाएका छन् ।
पालिका अध्यक्ष छवि लामा, उपाध्यक्ष कल्पना उप्रेती सहित गाउँपालिकाका अन्य कर्मचारीका साथै मैनापोखरी स्थित ईलाका प्रहरी कार्यालय र उद्योग वाणिज्य संघ शाखाको रोहवरमा गरिएको अनुगमनमा म्याद सकिएका सामान जफत गरि नष्ट गरिएको छ।