दोलखा । मेलुङ गाउँपालिका वडा न ७ मा रहेको मेलुङ स्वस्थ्य चौकीले दशै, दिपावली तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार आयोजित कार्यक्रममा शुभकामना आदानप्रदान गरिनुको साथै वडा भित्रका उत्कृष्ट महिला स्वयमसेविका शारदा पौडेल ,उत्कृष्ट स्वस्थ्य चौकी कर्मचारी सि. अहेब एकता ठकुरी र अनमी उषा पौडेललाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।
यस्तै ६० वर्ष उमेरहदका कारण लामो समयदेखि स्वयंसेवीकाको भुमिकामा रहेर स्वस्थ्य क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै ५ जना महिला स्वयमसेवीकाहरुलाई सम्मान एवंम बिधाइ गरिएको छ ।
मेलुङ स्वस्थ्य चौकीमा चौबीसै घन्टा प्रसुती सेवा , एम्बुलेन्स सेवा, ल्याब सेवा , नमुना पोषण कर्नर , कुपोषण उपचार सेवाको साथै स्वस्थ्य सम्बन्धि महत्त्वपूर्ण आधारभूत सेवालाई नियमित र ब्यवस्थित तरिकाले संचालन गर्दै आएको मेलिङ ७ का वडा अध्यक्ष नवराज खड्काले बताए ।
गत आ.ब मा यो स्वस्थ्य चौकीबाट २५६० जनाले स्वस्थ्य सेवा लिएका छन् भने ९३० जनाले दोहोरो स्वस्थ्य सेवा लिएको तथ्यांक छ ।
वडा न ७ का वडा अध्यक्ष एवंम स्वस्थ्य ब्यवस्थापन समितीका अध्यक्ष नवराज खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकर , उपाध्यक्ष गायत्री आचार्य लगायत उपस्थित थिए ।