दोलखाका सबै स्थानीय तहले रुकुम पश्चिम र जाजरकोटको भूकम्प प्रभावितलाई २० लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । सोमबार बसेको जिल्ला समन्वय समितिको बैठकले उक्त निर्णय गरेको सभापति बजुराम घतानीले जानकारी दिए ।
दोलखामा रहेका दुइ नगरपालिकाले ३ लाखका दरले र ७ वटा गाउँपालिका ले २ लाखका दरले कुल २० लाख रुपैयाँ सहयोग गर्ने बताइएको छ । जिल्ला समन्वय समिति दोलखाका सभापति बजुराम घतानीको अध्यक्षतामा भएको बैठकका सबै स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।