दोलखा । दोलखाको भिमेश्वर नगरपालिका वडा नं ७ ले सडक बत्ती जडान गर्दै सिङ्गो वडा उज्यालो बनाउने अभियानको सुरुवात गरेको छ । नगरपालिकाको बजेट मार्फत मकैबारी, काउले, कुप्री लगाएत वडा भित्रका सडकमा बत्ती जडान गरी उक्त अभियान सुरु गरिएको हो ।
सडक बत्ति जडान गरेसँगै स्थानीयहरुलाई रातको समयमा हिडडुल गर्न सहज भएको छ भने सिङ्गो वडा उज्यालोमय बनेको छ । आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत वडा समितिले छुट्याएको २० लाख रुपैयाँ बजेटबाट यो काम गरिएको छ ।
वडा अध्यक्ष विनोद तमाङले गाउँघरमा हुने चोरी र आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सडक क्षेत्र उज्यालो बनाउन सडकमा बत्ती जडान गरेको बताए ।
रातको समयमा दाहसंस्कार गर्नको लागी समस्या परेको भन्दै चरङ्गे खोलाको घाटमा समेत बत्ती जडान गरिएको छ ।
यो अभियानको थालनी भएसँगै स्थानीय हर्षित भएका छन् ।