राजकुमार भुजेल,दोलखा। काठमाडौंबाट हराएको मोटरसाईकल दोलखामा भेटिएको छ।जिल्लाको सदरमुकाम चरिकोटमा जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरिक्षक ठाकुर प्रसाद भट्टराईको कमाण्डमा खटिएको टोलीले सदरमुकाम चरिकोटमा चेकजाँच गर्ने क्रममा काठमाडौको गोकर्णेश्वर नगरपालिका – १ मा बस्ने बिमल खड्काको बागमती प्रदेश ०२- ०२८ प ८२२९ नम्बर प्लेटको मोटरसाईकल फेला पारेको हो।
प्रहरीले चेकजाँच गरेपछि मोटरसाइकल छाडी भोगेको र मोटरसाइकलको बारेमा अनुसन्धान गर्दै जाँदा काठमाडौंमा हराएको भनि प्रहरीमा उजुरी परेको खुल्न आएको थियो। खड्काले गत वर्षको चैत १० गते उपत्यका ट्राफिक कार्यालय काठमाडौंमा मोटरसाइकल हराएको सूचना प्रहरीलाई दिए लगत्तै विभिन्न ठाउबाट चेकजाँच गर्ने क्रममा मङ्गलबार सदरमुकाम चरिकोटमा फेला पारि खड्कालाई हस्तान्तरण गरेको जिल्ला ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरिक्षक भट्टराईले “हेर्दाहेर्दै डटकम” लाई जानाकारी दिए।
“हराएको मोटरसाईकल सवारीधनीलाई हस्तान्तरण गर्दै ट्राफिक कार्यालय दोलखाका इन्चार्ज प्रहरी सहायक निरिक्षक ठाकुर प्रसाद भट्टराई”
उक्त मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरि बागमती प्रदेश ०२-०२१प ७४६६ नम्बरको नयाँ नम्बर प्लेट बनाई चलाएको अवस्थामा फेला पारेको जिल्ला ट्राफिक कार्यालय दोलखाले जनाएको छ। मोटरसाईकल चोर्नेको भने खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ।