चाडपर्वलाई लक्षित गर्दै शैलुङ गाउँपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । शुक्रबार शैलुङ गाउँपालिकाको अनुगमन टोलीद्वारा मुख्य ब्यापारिक केन्द्र बाघखोर बजारमा अनुगमन गरेको छ ।
अनुगमनका क्रमममा ६३ वटा पसलमा अनुगमन गरिएको छ भने १४ ओटा पसलबाट म्याद गुज्रिएका अखाद्य सामग्री जफत गरिएको छ । त्यस्तै दर्ता नभई संचालनमा रहेको एक मेडिकलमा सिलबन्दी गरिएको छ। जफत भएका सामग्रीहरु तिहार लगत्तै प्रक्रिया पुरा गरी नष्ट गरिने शैलुङ गाउँपालिकाका प्रशासकीय अधिकृत सुजन ढुङेलले बताए ।
प्रशासकीय अधिकृत सुजन ढुङेलको नेतृत्वमा शैलुङ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ , स्थानीय बजार ब्यवस्थापन समितीका अध्यक्ष भक्त बहादुर श्रेष्ठ , कृषी प्राविधिक साजन बुढाथोकी ,स्वास्थ्य शाखा प्रमुख विष्णु बहादुर कार्की , सूचना प्रविधि अधिकृत ठमिर प्रसाद घिमिरे, नेपाल प्रहरीका प्रतिनिधि लगायतको टोलीले बजार अनुगमन गरेको थियो।