दोलखाको गौरीशंकर गाउँपालिकाको आयोजना तथा नेपाल नेत्र संघ, कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा ४ दिने निःशुल्क मोतिविन्दु छनोट शिविर सम्पन्न भएको छ ।
मंगलबार गौरीशंकर गाउँपालिका वडा न ८ मन्थलीबाट सुरु भएको शिविर बुधबार वडा न ५ को गुरुम्फी, बिहिबार वडा न ३ को झ्याकु स्वस्थ्य चौकी र शुक्रबार वडा न २ को जुगुमा सञ्चालन गरिएको थियो ।
४ दिन सम्म सञ्चालित शिविरबाट सवा लिएका ३ सय २ जना बिरामी मध्ये १सय ३० जनाको मोतीविन्दुको शल्यक्रिया गर्नुपर्ने भएको गौरीशंकर गाउँपालिकाका स्वास्थ्य प्रमुख बसन्त रेग्मीले जानकारी दिए । शल्यक्रिया गर्नुपर्ने बिरामीको शनिबारदेखि गौरीशंकर गाउँपालिका स्थित वडा न ५ भोर्लेमा रहेको सेवा केन्द्रमा गरिने उनले वताए ।
शिविरमा आफ्नो आँखा चेकजाँच गराउन छुटेका बिरामीको लागि चेकजाँच सहित शल्यक्रियाको समेत ब्यवस्था गरिएको छ ।
यसरी मोतिविन्दु भएका बिरामीले आफ्नै टोलमा शिविर मार्फत सेवा पाएको, यो पहिलो पटक हो।
गौरीशंकर गाउँपालिका अध्यक्ष बिश्वास कार्कीले आफ्नो कार्यकालमा समय समयमा विभिन्न रोगका स्वास्थ्य सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।