दोलखा । चरिकोट स्थित चरीघ्याङमा रहेको एपेक्स स्कूलका प्रधानाध्यापक नसिव कायस्था अमेरिकाको भ्रमणमा छन् । उनले आफ्नै विद्यालय सँग नाम मिल्ने संयुक्त राज्य अमेरिकाको एपेक्स फ्रेन्डसिप इलिमेन्टरी स्कूलको भ्रमण गरेका हुन् ।
यस्तो प्रकारको भ्रमणहरुबाट शैक्षिक क्षेत्रका धेरै कुरा सिक्न सकिने र आगामी दिनहरुमा दोलखाका विद्यार्थीहरुलाई अमेरिकाको विद्यालयसँग कुनै नयाँ किसिमको कार्यक्रममा सहकार्य गराउन सकिने अवसर समेत प्राप्त हुन सक्ने प्रधानाध्यापक कायस्थाले हेर्दाहेर्दै मिडियालाई जानकारी दिए । उनले आफ्नो भ्रमण फलदायी भएको र यसबाट दोलखा जिल्लाको शिक्षा क्षेत्रलाई नै टेवा पुर्याउने योजना रहेको बताए । भ्रमणको शिलशिलामा अमेरिकामा रहेका कायस्थाले आफ्नो फेसबुक मार्फत समेत आफ्नो धारणा प्रस्तुत गरेका छन् ।
“एपेक्स, संयुक्त राज्य अमेरिकाको एपेक्स फ्रेन्डसिप इलिमेन्टरी स्कूलको अविश्वसनीय अवसरको लागि कृतज्ञ छु। एपेक्स फ्रेन्डशिप आधारभूत विद्यालयले आफ्नो स्टेट अफ आर्ट भवनमा उत्कृष्टताको लागि बेन्चमार्क सेट गरेको छ। यस विद्यालयले अनुपम सुविधाहरू आफ्नो विद्यार्थीहरुलाई दिँदै आएको छ। हाम्रो विद्यालयको नाम मिल्ने भएको हुँदा हामी दुवै विद्यालयकाे प्रतिनिधि हरु हर्षित भएको भएको थियौँ। डा. ट्यानर ग्याम्बल, प्रिन्सिपल,ले मलाई यो शैक्षिक ल्यान्डमार्क भ्रमण गर्न कृपापूर्वक अनुमति दिनुभएकोमा, र एन्जी मिडलटन, विद्यार्थी सूचना तथा डाटा प्रबन्धकलाई, यस अन्तरदृष्टिपूर्ण भ्रमणको लागि धेरै धेरै धन्यवाद। साथै विकास सापकोटा ज्यूले यस भ्रमणलाई सफतापूर्वक सम्पन्न गर्न दिनु भएको समयको लागि कृतज्ञ छु।
म भविष्यमा हाम्रो विद्यालयको र यस विद्यालयको सहकार्यको लागि तत्पर छु साथै योगदान गर्न र सँगै सिक्न उत्सुक छु। दोलखा जिल्लाका सबै शैक्षिक निकायहरूसँग यस भ्रमणको क्रममा आर्जन गरेको ज्ञान बाँड्न उत्साहित छू। सिक्ने र विकासको बीउ सँगै रोपौं!
भन्दै आफ्नो फेसबुक वालमा लेखेका छन्।।