राजकुमार भुजेल,दोलखा । जिल्लाको भिमेश्वर नगरपालिकामा अन्तरजातीय विवाह गर्ने एक जोडीलाई ५० हजार नगद सहित सम्मान गरिएको छ । भिमेश्वर नगरपालिका वडा नं ५ का सन्दिप भण्डारी र रामेछाप उमाकुण्डा गाउँपालिका ५ का जुना खातीलाई अन्तरजातीय विवाह गरेकोमा प्रोत्साहन दिन नगद सहित सम्मान गरेको हो।
बुधबार भिमेश्वर नगरपालिकामा मेयर इश्वर नारायाण मानन्धर द्वारा उनिहरुलाई नगद सहित सम्मान गरेको भिमेश्वर नगरपालिका ५ का वडा अध्यक्ष बासु श्रेष्ठले जानकारी दिए ।नवविवाहित जोडीले गत पुष २६ गते विवाह गरेकोमा उनिहरुले माघ ५ गते वडामा बिवाह दर्ता गर्न आएको अध्यक्ष श्रेष्ठले बताए।त्यस्तै अध्यक्ष श्रेष्ठले राज्यले ल्याएको निती तथा नियमअनुसार उनिहरुलाई प्रोत्साहन गर्न पाउदा खुसि व्यक्त गरे ।
“अन्तरजातीय विवाहलाई खासै चासो नदिने परम्परालाई वडा देखि राज्यले सकरात्मक रुपमा हेर्न थालेको छ वडा अध्यक्ष श्रेष्ठले भने” ।त्यस्तै समुदायमा हुने विभेदलाई अन्त्य गर्न आफ्नै घर, टोलबाट लागि पर्नुपर्ने उनको भनाई छ।