दोलखा । गौरीशंकर गाउँपालिका ९ सिमिगाउँमा सुविधासम्पन्न नयाँ स्वास्थ्य चौकी भवन निर्माण भएको छ ।
सघन सहरी तथा भवन निर्माण आयोजना मन्थली रामेछापको ३ करोड लगानीमा २ तले भवनको निर्माण सम्पन्न भएको हो । स्वास्थ्य चौकी भवनको मंगलवार गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले उद्घाटन गरेका थिए ।
भुकम्पपछि ३ कोठे अस्थायी भवनबाट बिरामीले सेवा लिदै आएका थिए । आफ्नै वडामा सुविधासम्पन्न स्वास्थ्य चौकी भवन बनेपछि स्थानीय खुशी भएका छन् ।
कार्यक्रममा गौरीशंकर गाउँपालिका ९ का अध्यक्ष निम गेलि शेर्पा , सिमिगाउँ स्वास्थ्य चौकी इन्चार्ज धर्मेन्द्र हमाल, पार्टीका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय लगायतको उपश्थिती रहेको थियो ।