काठमाडौं। कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । बुधबार ईपीएस कोरिया शाखाले एक सुचना जारि गर्दै फागुन महिनाको ७ गते देखि गर्ने जनाएको हो।
परीक्षा संचालन भने राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीको प्राङ्गण ललितपुरमा हुने भएको छ। तोकिएको परीक्षा समय भन्दा १ घण्टा अगावै परीक्षा हलमा Orientation शुरु हुनेछ। Orientation मा Bio-Metric Verification गरी उपस्थित हुनु पर्ने र निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागि हुन नपाउने जनाएको छ।
परीक्षामा मोबाइल फोन, इलेक्ट्रिक डिक्शनरी, स्मार्ट वाच लान निषेध गरिएको बताइएको छ। त्यस्तै परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गरी चार वर्ष सम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने शाखाले जनाएको छ।