काठमाडौं। काठमाडौंको सितापाइलामा ३ जना मृत फेला परेका छन् । मृतक एउटै परिवार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् ।
घटनास्थलमा उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृतहरु पुगेका छन् । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।