दोलखा । गौरीशंकर गाउँपालिकाले जनयुद्ध र जनआन्दोलनका सहिद र बेपत्ता ब्यक्तिका परिवार तथा घाइतेलाई सम्मान गरेको छ । सहिद सप्ताहको अवसरमा शनिबार गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदका परिवार तथा घाइतेलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल खड्काले १८ जना सहिदका परिवार र २ जना घाइतेलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
कार्यक्रमको अध्यक्षता गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले गरेका थिए ।