राजकुमार भुजेल,दोलखा। दोलखाको सदरमुकाम चरिकोट स्थित च्छोरोल्पा जनरल अस्पतालमा ७ केजीको ट्युमर निकालीदिएपछि सिन्धुपाल्चोककी धानीले नयाँ जिवन पाएकी छिन्।सिन्धुपाल्चोक साँगागढीचोक नगरपालिका वडा नम्बर– ८ की धानी तामाङको चरिकोट स्थित च्छो–रोल्पा अस्पतालले निशुल्क अप्रेशन गरि ७ केजीको ट्युमर निकालीदिएपछि नयाँ जिवन पाएकी हुन् ।
साँगाचोकगढी नगरपालिका वडा नं. ८ साविक इर्खु गा.वि.स. वडा नं. ३ मा बस्ने काले लामाको श्रीमती ६७ वर्षिय धानी लामाको विगत १ वर्ष अघि देखी आङ खस्ने समस्याको कारण आर्थिक अवस्था नाजुक भएकोले उपचार गर्न नसकेपछि अस्पतालले निशुल्क उपचार गरिदिएको अस्पतालले बताएको छ।
उनको एक वर्ष देखी पाठेघरमा भएको ट्युमरले सताएपछि सल्यक्रिया गर्न आर्थिक अवस्था कमजोर थियो । त्यसपछि वडाको सिफारिसमा तमाङ शुक्रबार उपचारको लागि अस्पातलमा आएकी थिइन् त्यसपछि अस्पतालका मेडिकल डाईरेक्टर डा. विनोद दंगालको टिमले उनको निशुल्क उपचार गरिदिएको हो।
अहिले अस्पतालले निशुल्क उपचार गरिदिएपछि तामाङको परिवारमा खुसि छाएको छ ।