दोलखा । एपेक्स स्कुलले ‘एपेक्स टक’ कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीलाई जुन कुनै मञ्चमा आफ्नो प्रश्न निर्धक्क राख्न सक्ने क्षमता विकास गर्ने उद्देश्य सहित बिहीबार कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा कक्षा ४ देखि ७ सम्मका विद्यार्थीले भीमेश्वर नगरपालिका उपप्रमुख कमला बस्नेतसँग आफ्नो जिज्ञासा राखेका थिए । अन्तक्रियाबाट बालबालिकाको आत्मविश्वास बढेको र आफ्नो प्रश्नको सम्बन्धित प्रतिनिधिबाट उत्तर पाउँदा थप हौसला मिलेकाले आगामी शैक्षिक सत्रबाट हरेक महिना एक जना अथितिलाई बोलाएर कार्यक्रमलाई निरन्तरता दिइने स्कुलका प्रिन्सिपल नसिव कायस्थले बताए ।
कार्यक्रममा ४० जना विद्यार्थी सहभागी थिए । उनीहरुले आफ्नो अनुभव, आत्म कथा, भोगाइका विषयमा सवाल जवाफ गरेका थिए ।